कमल थापाले दिए प्रचण्डलाई चेतावनी–

कमल थापाले दिए प्रचण्डलाई चेतावनी– ‘यथास्थितिमा संशोधन प्रक्रिया अघि बढाए असहयोग गर्छौँ’

kamal thapa
सरकारमा सहभागी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यथास्थितिमा संविधान संशोधन विधेयक अघि बढाउन खोजे त्यो मुलुकका लागि प्रत्युत्पादक हुने चेतावनी दिएका छन् ।
नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले संशोधन प्रक्रिया अघि बढाउने चर्चा चलिरहेका बेला मिडिया नेपाल, कञ्चनपुरले सोमबार कञ्चनपुरको भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेललनमा बोल्दै अध्यक्ष थापाले यस्तो चेतावनी दिएका हुन् ।
उनले राजनीतिक सहमति कायम गरेरमात्रै अघि बढ्न प्रमुख राजनीतिक दलहरुलाई आग्रहसमेत गरे । उनले राजनीतिक सहमति नभए मुठभेड निम्त्याउने भन्दै  यथास्थितिमा संशोधन प्रक्रिया अघि बढाए राप्रपाले असहयोग गर्ने चेतावनी पनि दिए । उनले मधेसी मोर्चाका जायज माग सम्बोधन गर्नुपर्ने भन्दै पनि बताए ।

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स