उमेर ६० कटेका यी बृद्ध ४ घन्टासम्म आकासतिर हेर्दै अब कहिल्यै भेट नहुने छोराको प्रतिक्षामा


काठमाडौं – माघेसङ्क्रान्तीको दिन आफन्तजन भेला भएर सबैतिर रमाइलो गर्दै पर्व मनाइरहेका बेला जाजरकोट कार्की गाँउका एक बृद्ध भने त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थलमा काठको बाकस कुरेर बसेका थिए ।
मलेसियाबाट त्यो काठको बाकसमा अरु कोही नभएर उनका जेठा छोरा गोपाल चनाराको शब आँउदै थियो ।
उमेर ६० कटेका यी बृद्ध ४ घन्टासम्म आकासतिर हेर्दै अब कहिल्यै भेट नहुने छोराको प्रतिक्षामा थिए ।
हवाइजहाजले भुँई छोएको दुई घन्टापछि बल्ल उनले आफ्नो छोराको लास रहेको काठको बाकस भेट्टाए । २४ दिनअघि मलेसियामा मृत्यु भएको र ६ बर्षदेखि बिछोडिएको जेठो छोरोको शब भेटेपछि उनी भक्कानिए ।

‘गैहाल्यो मेरो जेठो छोरा । मेरो किरिया गर्नुपर्ने छोराको मैले लास उठाउनुप¥यो ।’ २७ बर्षका गोपाल छ बर्ष अगाडि बैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । आफू गएको कम्पनीमा काम र तलब राम्रो नभएपछि उनी त्यहाँबाट भागेर गैह्रकानुनी कामदारका रुपमा लुकीछिपी काम गरिरहेका थिए ।
उनले बाबुसँग १ महिनापछि घर आँउछु भनेका थिए । ‘बाँके कोहलपुरमा आएको बेला अन्तिम पटक कुरा भयो । एक महिना पछि आँउछु भनेको थियो । त्यसपछि जति फोन गरेपनि लागेन । पछि मृत्यु भएको खबर आयो ।’
उनको मृत्यु कसरी भएको भन्नेमा पनि दुईथरी कुरा सुनिएको उनका आफन्तले बताए । कसैले मोटरसाइकल दुर्घटनामा परेको भनेका छन् कसैले छुरी हानेर हत्या गरेको बताएका छन् ।

उनले १ बर्षसम्म कामबाट आएको पैसा घरमा पठाएपनि त्यसपछि थोरै मात्र पठाएका थिए । ५ बर्षको कमाईपनि आफूसँगै राखेकोले उक्त पैसा कहाँ छ भन्ने पनि केही थाहा नभएको मृतक गोपालका आफन्तले बताए ।
गैह्रकानुनी हैसियतमा काम गरेका कारण उनका आफन्तले क्षतिपूर्ति तथा विमा वापतको रकम पाउन पनि मुस्किल पर्ने भएको छ ।
काठमाडौंबाट गाँउमा शब पु¥याउन एक लाख
मलेसियाबाट पनि आफन्त र नेपालीहरुले चन्दा उठाएर उनको शब नेपाल पठाइदिएको उनका छिमेकी हस्तबहादुर केसीले बताए । मृत्युको खबर पछि शब नेपाल भित्राउनका लागि १५ दिनदेखि आफन्त छिमेकीहरु प्रक्रिया मिलाउन काठमाडौंमा खटिएका थिए ।
जाजरकोटबाट गाडि रिर्जभ गरेर काठमाडौं आउन र फेरी शब लिएर जान गाडिभाडा मात्रै ५० हजार लाग्ने उनले सुनाए । ७ जनाले काठमाडौंमा खान बस्नसहित गाडी भाडा जोड्दा १ लाख हाराहारीमा खर्च भएको मृतकका छिमेकी कार्कीले बताए ।
जाजरकोटका गोपाल चनराको शबसँगै शनिबार एक घन्टाको बिचमा सुनसरीका सुभक धामी, सल्यानका केशर पुन र कञ्चनपुरका पहिलाद रानाको शब आफन्तले बुझेका छन् ।

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स