रामेछापबाट वैदेशिक रोजगारीमा गएका ८ जनाको मृत्यु

रामेछापबाट वैदेशिक रोजगारीमा गएका ८ जनाको मृत्यु

७ माघ, रामेछाप ।
रामेछापबाट वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ । ६ महिनाको अवधिमा रामेछापबाट वैदेशिक रोजगारीमा जाने नौ जनाको मृत्यु भएको छ । सुरक्षित आप्रवासन परियोजनाका अनुसार आर्थिक बर्षको  ६ महिनाको अवधिमा जिल्लाका ८  जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा भलुवाजोर–४ का प्रकाश लामा ( मलेशिया), गुम्देल–४ का मक्करबहादुर कामी (कतार), दिमीपोखरी गाविसका गणेश विक (मलेशिया), बिजुलीकोट–१ का नेत्रबहादुर महतरा ( मलेशिया), पुरानागाउँ–५ का तिर्थराज आरण (साउदी), बेताली–४ का कुमार खड्का (मलेशिया), नागदह–५ का नेत्रबहादुर मगर (मलेशिया), प्रिति–७ का कौशल धनुके (मेलशिया) र दिमीपोखरीका कुसाङ लामाको मृत्यु भएको छ ।
सुरक्षित आप्रवासन परियोजना रामेछापका जिल्ला कार्यक्रम संयोजक भोजराज सुनुवारले युवा पुस्तामा वैदेशिक रोगजारीको आर्कषणसँगै जोखिम पनि धेरुै रहेको बताए । उनले विगतको बर्षमा भन्दा वैदेशिक रोजगारीमा जाने क्रम केही घटेपनि विदेशमा जोखिम भने उत्तिकै रहेको बताए ।
वैदेशिक रोजगार विभागको तथ्याङ अनुसार ४४ लाख नेपालीहरु वैदेशिक रोजगारीमा गएका छन् ।  विशेषगरी खाडी मुलुकमा रोजगारीको लागि युवाहरु असुरक्षित रहेको सार्वजनिक भएपनि सरकारले पर्याप्त ध्यान दिन सकेको छैन् ।

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स