Skip to main content

माओवादी आन्दोलनका एक आशालाग्दा नेता

माओवादी आन्दोलनका एक आशालाग्दा नेता

  • किनकी सैद्धान्तिक रुपमा सशस्त्र संशोधनवादी, फोकोवादी, आदि आदि आरोप लगाउनेहरु थाकेका छन् । तमाम आरोपहरुका बीच विप्लव माओवादी आज यस मुलुकको वैकल्पिक शक्तिका रुपमा उदीयमान भएको छ ।
  • माओवादी आन्दोलनमा यतिवेला एकजना आशा लाग्दा नेता हुन् नेत्र विक्रम चन्द विप्लव ।
    राजनैतिक र वैचारिक मुल्य मान्यताबाट सिंगो माओवादी आन्दोलन च्युत हुँदै गर्दा विस्तृत शान्ति सम्झौतादेखि लगातार सत्ता इतरको समरमा अविराम कुदेका उनी आज पर्यन्त पनि समरमै छन् ।
    नेपालका हरेक वस्ती चाहर्दै जनतासँगै उकाली ओराली गरेका विप्लवलाई जनताको दुख कष्ट राम्ररी थाहा छ । साम्यवादका सुन्दर आश्वासन उनले पनि जनतालाई दिएकै थिए ती वचन पुरा गर्न नसकेकोमा चिन्तित छन् ।

    विप्लवको डिजाइनले कोही सत्तासिन पनि भए तर स्वयं विप्लवले यही व्यवस्थामा मन्त्री बन्दैन भन्ने अडान लिएपछि उनको भागमा परेको गृहमन्त्री अरु कसैका लागि खुदो भयो । उनले संसदीय व्यवस्थाभित्र पार्टी नेतृत्वमै पुगे पनि केही गर्न नसकिने निचोड निकाले ।
    जसका कारण ओखलढुंगामा एउटा स्कुलको रजत जयन्ती सकेर सोझै चावहिलस्थित विप्लवको डेरामा पुगेका अध्यक्ष प्रचण्डले राखेको महासचिवको प्रस्तावलाई समेत अस्वीकार गरे उनले । माओवादी पार्टीभित्र संगठनमा महासचिव र सरकारमा गृहमन्त्री अस्वीकार गर्ने विप्लव अपवाद पात्र हुन् ।
    त्यसकारण सामान्य अवस्थामा उनको निष्ठा र त्यागमाथि शंकाको सुविधा छैन । ठकुरी परिवारमा जन्मेकै कारण उनलाई बेलाबवखत दरवार निकटको आरोप लगाउने र तिनै मान्छेले तुरुन्तै विदेशी एजेन्सीसंग निकटताको आरोप लगाउने दिनहरुको पनि अन्त्य भएको छ ।
    किनकी आरोप लगाउनेहरुमाथि नै बरु आशंका उव्जिन थालेपछि विप्लवले त्यसको स्पष्टीकरणमा समय खचर्नुपर्ने दिनहरु सकिएका छन् । जहाँसम्म केही मानिसहरुका आलोचना छन् उनीहरु पूर्वाग्रही मानसिकता बाहेक कुनै चित्तवुझ्दो तर्क र तथ्य अघि सारेर विप्लवले अगाडि सारेका प्रस्तावहरुको खण्डन गर्दैनन् ।
    सबैतिर निराशा, असंभव र अँध्यारोमात्रै देखेर आलोचना गर्नेहरुको एउटा जमात छ भने अर्कोतिर क्रियाको प्रतिक्रिया दिएर आफ्नो अस्तित्व बचाउने सोच हावी भएकाहरुको जमात छ । अझ यस्तो पनि जमात छ दुई वर्ष वित्दा पनि विप्लवले केही गर्न सकेन पनि भन्ने कुनै ठाउँमा अलि जोखिमपूर्ण कदम चाल्दा त्यो उग्रवादी बाटो हो पनि भन्ने ।
    यसरी अरुको आलोचनामा जिविका चलाउनेहरुको बुद्धि, विश्लेषण र निष्कर्ष सबैमा मनमनै हाँस्नु बाहेक के नै विकल्प छ र ? यसमा वुझ्नुपर्ने कुरा के हो भने टार्गेटेड मानिसहरु आफ्नो गन्तव्यका लागि बाटो खन्छन अनटार्गेटेड मानिसहरु अरुको खेदो खन्छन् तर यो विषय आम मानिसहरुलाई एकैपटक वुझाउन सकिदैन ।
    किनकी सैद्धान्तिक रुपमा सशस्त्र संशोधनवादी, फोकोवादी, आदि आदि आरोप लगाउनेहरु थाकेका छन् । तमाम आरोपहरुका बीच विप्लव माओवादी आज यस मुलुकको वैकल्पिक शक्तिका रुपमा उदीयमान भएको छ । कम्युनिष्ट सिद्धान्तमा उनले ल्याएको एकीकृत जनक्रान्तिको प्रस्तावले जमेको पोखरीमा ढुंगा हाने झैं छालहरु उठेका छन् ।
    पुँजीवादमा रेट्रोफिटिङ भएको चलनचल्तीको संशोधनवाद र वर्तमानबाट अलग्गिएको जडसुत्रवादलाई चिर्दै उनले समाजविज्ञानमा एक नयाँ तरंग ल्याएका छन् । यसलाई पुँजीवादले आफ्नै अंशका रुपमा घालमेलको व्याख्या गर्ने, संशोधनवादले आफुहरुजस्तै ग्रे देखाउने र वामपन्थी जडसुत्रवादले कम्युनिष्ट सिद्धान्तबाट अलग्गिदै गरेको व्याख्या गर्ने डरलाग्दो खतरा पनि त्यत्तिकै छ ।
    यद्यपी युगलाई संवोधन गर्न सक्ने अहम प्रश्नका सटिक जवाफहरु जो तर्क र तथ्यसंगत हुन्छन् तिनले जस्ता सुकै आरोपहरुको सामना गर्छन र गर्न सक्नुपर्छ । प्रसिद्ध जर्मन कवि गेटेले भने झैं शास्त्रहरु पुराना हुन्छन् सिद्धान्ततः फोस्रा हुन्छन र जीवनको रङ सधैं हरियो हुन्छ ।
    जीवनलाई यन्त्रिक सिद्धान्त र पट्टयारलाग्दा आदर्शहरुमा रगटेर क्रान्तिको विकास र विस्तार असंभव छ जुन कुरा विप्लवले एकीकृत जनक्रान्तिको प्रस्तावमा औंल्याएका छन् । यसको अर्थ यो पनि लगाइएको छैनकी जीवन कुनै पनि सिद्धान्त र आदर्शको आकारमा नजिक हुनु हुँदैन । सिद्धान्त र आदर्श जीवनको मार्ग निर्देश हुन तर तिनको पनि मोडिफाइ हुन जरुरी छ ।
    माक्र्सवाद त्यस्तो बाइवल र कुरान होइन जसको अक्षरश पालना नगरे प्रभु र अल्लाहले सराप दिन्छन् । जब माक्र्सवादलाई गतिशील विज्ञानका रुपमा स्वीकार गरिसकेपछि व्यवहारिक गति दिदा चिल्लाउँदै लाइव्रेरीबाट स्तोत्र घोकेर बहसमा भाग किन लिने ?
    समकालीन समाजको चरित्र, विशेषता, गति र रुपान्तरणका लागि यदि माक्र्सवादको विकास गर्न कसैले वहसको सुरुवात गरेको छ भने त्यो हिम्मत विप्लवले गरेका छन् । दोस्रो १० बर्षीय जनयुद्धको पुँजी विप्लवको वरिपरि गोलबन्द छ, आज पनि क्रान्तिका वाँकी कार्यभार पुरा गर्दै नेपाली समाजको विकास र समृद्धिका लागि यहि जमात संघर्षरत छ यो अर्को खुशीको कुरा हो ।
    तेस्रो विदेशी हैकम र दलाल व्यवस्था विरुद्ध दिन दहाडै धावा बोलेर यहि समाजमा आफ्ना एजेण्डाको सगर्व व्याख्या गर्ने यो एक ज्युँदो कम्युनिष्ट शक्ति हो । जहाँसम्म चरित्र र प्रवृत्तिको कुरा छ संगठन र पार्टी जीवनका लागि यो महत्वपूर्ण हुनजान्छ ।
    उनीसंग शासकिय चरित्र भन्दा साथित्वको चरित्र छ र प्रवृत्तिका हिसावले वान डोर भन्दा समन्वयको प्रवृत्ति छ केही समयका लागि उनले आफ्नो यस चरित्रलाई समय सापेक्ष बनाउन जरुरी छ भन्ने उनलाई नजिकबाट नियालेकाहरुको विश्लेषण छ ।
    यद्यपि उनी कठोर शासक वन्नुपर्छ, अहंकारी बन्नुपर्छ,हठी वन्नुपर्छ भन्ने जोडकोणबाट आउने सुझावहरुलाई स्थान दिइनु हुँदैन । यदि उनको संगठन पूर्ण रुपमा विश्वस्त छ भने संगठनले उनलाई निश्चित समयका लागि व्यवहारिक रुपमा पूर्ण प्राधिकार दिनसक्छ ।
    प्राधिकारपूर्ण नेतृत्व अग्नी परिक्षाको लागि तयार पात्र हो । ऊ तानाशाही बन्छ वा कुशल संगठक र व्यवस्थापक आजको दुनियाँमा त्यसका लागि धेरै समय कुर्नै पर्दैन । तर एकपटक नेतृत्वलाई पूर्ण प्राधिकार वा केन्द्रीकरणको अधिकार दिनैपर्छ । लोकतन्त्रमा पूर्ण प्राधिकार दुई तिहाईको विधिबाट दिइन्छ भनिन्छ ।
    तर ५१ प्रतिशत मतका शासकहरु ४९ प्रतिशतमाथि यति धेरै निर्मम र निरंकुश बन्छन् जसको कुनै चर्चा हुँदैन । त्यो भारतदेखि अमेरिकी लोकतान्त्रिक व्यवस्थालाई नियाले पुग्छ । जब पात्र, प्रवृत्ति र त्यसका चारित्रिक विशेषताहरु सामुहिक हित र स्वार्थभन्दा वाहिर जाँदैनन भने केन्द्रीकरण वा प्राधिकारपूर्ण विधिसंग तर्सिनुपर्ने कुनै कारण हुँदैन ।
    सिंगो समाज अनुशासनको लिकबाट बहिर गएर भद्रगोल भएको अवस्थामा एउटा मुर्त आकार ग्रहणकालागि पनि केन्द्रीकरणको जरुरी हरेक ठाउँमा हुन्छ । समाजका प्रवृत्तिहरु पार्टी र संघसँस्थाहरुमा स्वभावैले हुन्छन नै । त्यसलाई ट्रयाकमा ल्याउन विधि, विधान संगै त्यसलाई लागु गर्ने संगठन र संगठनको पनि मुल पात्रलाई विशेषाधिकार दिनुपर्ने समय हुन्छ ।
    त्यसकारण एकीकृत जनक्रान्तिको सिद्धान्तलाई संगठन र समाजको जीवन व्यवहारमा ढाल्न आउँदो महाधिवेशनले नेतृत्वलाई एक निश्चित समय ट्रायलकै लागि भएपनि केन्द्रीकरणमा लैजानुपर्ने हुनसक्छ ।
    यद्यपी केन्द्रीकरण भन्दा अर्को कुनै तरिकाले एकीकृत जनक्रान्तिको सिद्धान्त जीवन व्यवहार र संगठनमा लागु गर्न अझ छिटो, छरितो र सरल हुन्छ भने त्यसमा बहस गरिनुपर्छ ।
    जे होस बहसबाट तथ्यहरु केलाउँदै एक ठोस निष्कर्षमा गएर नयाँ हलचल ल्याउने गरी महाधिवेशनलाई कोशेढुंगा सावित गर्ने अठोट लिनैपर्छ ।

    Comments

    https://youtu.be/BR5aHv04FVk

    जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

    मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स