चेतावनी,“हेपाहा प्रवृत्ति नदेखाउनुहोस्”

चेतावनी,“हेपाहा प्रवृत्ति नदेखाउनुहोस्”


 सत्तारुढ दल राप्रपाले प्रमुख दल नेपाली काँग्रेसले हेपाहा प्रवृत्ति देखाएको भन्दै असन्तुष्टि पोखेको छ।
राप्रपा अध्यक्ष कमल थापाले आफ्नो पार्टीलाई काँग्रेसले हेपाहा प्रवृत्ति देखाउन थालेको गुनासो पोखेका छन। अध्यक्ष थापा मात्रै नभएर राप्रपाका अधिकांश शीर्ष नेताहरु पनि काँग्रेससँग रुष्ट बनेका छन।
आफ्नो पार्टी संविधान संशोधनको पक्षमा नै रहेको र त्यही कारण पार्टी एकता भएको राप्रपा नेताहरुले बताउने गरेका छन्। तर संशोधन प्रस्ताव सदनमा टेबुल भएपछि ठूलो दल काँग्र्रेसले आफ्नो दललाई पार्टनरको रुपमा नलिएको गुनासो राप्रपा नेताहरुको छ।
संशोधन विद्येयकको विरुद्धमा महिना दिन भन्दा लामो समयसम्म प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गर्दापनि अवरुद्ध संसद खुलाउन राप्रपा अध्यक्ष थापाले निकै कसरत गरेका थिए। एमालेलाई संसद अवरुद्ध नगर्न कमल थापाले पहल गरेकै हो भन्ने कुरामा काँग्रेसका शीर्ष नेताहरुले पनि सार्वजनिक रुपमै प्रशंसा गरेका थिए।
अध्यक्ष थापा जसरी भएपनि काँग्रेसमाओवादी गठबन्धनलाई बलियो बनाउनुपर्छ भन्ने पक्षमा दृढ छन्। तर उनले अहिले संसदमा टेबुल भएको संशोधन विद्येयक परमाजिर्नसहित अघि बढाउनुपर्ने अडान राखेका छन्। परिमार्जन गर्दा आफ्नो दलले उठान गरेका एजेण्डाहरुलाईपनि समाहित गर्नुपर्ने उनको धारणा छ।
राष्ट्रिय तथा अन्र्तराष्ट्रिय छविका कारणपनि राप्रपा चाहेरपनि संशोधनको विपक्षमा उभिँदैन् भन्ने कुरामा दुई मत छैन्। तर प्रमुख दल नेपाली काँग्रेसले हेपाहा प्रवृत्ति देखाईरह्यो भने ठिक नहुने चेतावनी राप्रपा अध्यक्ष थापाले दिएका छन्। आफू निकट नेताहरुसँग थापाले भन्ने गरेका छन्,“काँग्रेसले हेपाहा प्रवृत्ति देखायो, यस्तै हो भने ठिक हुँदैन्।”

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स