अनकन्टार जंगलमा बसेको चार घण्टा जति भएको थियो ।
मेरो सुरक्षार्थ खटेका कमरेडलाई ‘तुमलेटमा पानी ल्याइदिन’ भनेँ । पानी सकिए रातमा कहाँ जानु लिन ? रातमा तिर्खाले ‘खरो’ पार्न सक्छ । कमरेडहरुले ‘हुन्छ’ भन्नुभयो । त्यसपछि ? तीन दिनको अनिदो । अर्कोतिर घाउको पीडा ।
न बजेदेखि चार बजेसम्म एक घण्टा निदाएछु । ब्युँझदा ? पैतलादेखि शिरसम्म एउटा सोल(बर्को)ले छोपिएको थियो । तिर्खाले घाटी तक्रक्क सुकेको रहेछ । ‘कमरेड, पानी दिनुहोस्’ भनेर विस्तारै बोलाएँ । जवाफ आएन । फेरि बोलाएँ । जवाफ आएन ।
त्यसपछि ? सोललाई बायाँ हातले हटाएँ । आँखालाई बिस्तारै दायाँबायाँ घुमाएँ । कमरेडहरुलाई देखिनँ । मेरो बायाँ साइडमा छ तुम्लेट । दुई गिलास जति पानी । एउटा बिस्कुट । एक पुरिया चाउचाउ । र, चिउरा राखिएको छ ।
अनुमान लाएँ –कमरेडहरु घाम ताप्न जानुभएछ क्यार । मलाई राखिएको ठाउँ अत्यन्तै स्याँल (घाम नलाग्ने ठाउँ) थियो । मेरो छेउमा राखिएको पानीलाई बिस्तारै उठाएँ । घँटी भिजाएँ । त्यसपछि ? निदाउन सकिनँ । साथीहरु आउलान् भन्ने आसैआसमा साँझको ६ बज्यो ।
‘कमरेडहरु गाउँतिर खान जानुभयो होला । लुगा पनि ल्याउलान्’ भन्ने मेरो सोझो मनले सोच्यो । भोकै बस्न सक्ने स्थिति थिएन । त्यस्तो चिसोमा लुगाबिना सम्भव थिएन । रातको अँध्यारोले ढाक्यो । झन् गम्भीर भएर सोच्न थालेँ । सेनाले सल्लेरीमा निरन्तर फाएर गरेको कानमा ठोकिइह्यो ।
दिनभर हेलिकप्टरले घाइते ओसार्दै ‘थप’ फोर्स थपिरह्यो ।
दिनभर हेलिकप्टरले घाइते ओसार्दै ‘थप’ फोर्स थपिरह्यो ।
आकाशमा ताराको टिलपिल मात्र देखियो । टाढाटाढा बस्तीमा कुकुर भुकेको सुनियो । मेरो छेउछाउमा कोइरालाहरु स्याँ–स्याँ गरिरहेको सुनिन थाल्यो ! अकन्टार जंगलमा एक्लै छु म । राति ८ बज्यो । त्यतिबेलासम्म पनि कोही नआएपछि ‘छोडेका त होइनन्’ भन्ने प्रश्न अन्तरआत्मामा पलायो । त्यसलाई आफैले जबर्जस्त अस्वीकारेँ ।
कारण एउटा कमरेडले अर्को कमरेडलाई यसरी छोड्न सक्दैन । बरु कमरेड मलाई आज राति बिहानसम्म त जसरी नि लिन आउँछन् ।
सौभाग्यले त्यतिबेलासम्म जसरी पनि म जिउँदो हुनुपर्छ । बस् † त्यति भए बाँच्ने छु । र, फेरि क्रान्ति गर्ने छु । यस्तै सोचेँ । मानवीय समवेदनालाई भुलेर विश्वासघात गर्लान् भन्ने कल्पनासम्म पनि गरिनँ मैले । क्रान्तिकारी आन्दोलनमा विश्वास पनि अविश्वासमा परिणत हुँदोरहेछ कहिलेकाहीँ ।
अविश्वास पनि विश्वासमा हँदोरहेछ कहिलेकाहीँ । लिन आउलान भन्ने आसैआसमा आधारात बित्यो । त्यसपछि भने कमरेडहरुले ‘छाडेछन्’ भन्ने ग्यारेन्टी भयो । राखिदिएका दुई गिलास पानी एकै घुट्कामा सिद्घाउन सक्थेँ । पानी ल्याइदिने कोही थिएन । त्यसकारण सुक्खा घाटीलाई भिजाउँदाभिजाउदैँ राति २ बजेतिर पानी पनि सकियो ।
अविश्वास पनि विश्वासमा हँदोरहेछ कहिलेकाहीँ । लिन आउलान भन्ने आसैआसमा आधारात बित्यो । त्यसपछि भने कमरेडहरुले ‘छाडेछन्’ भन्ने ग्यारेन्टी भयो । राखिदिएका दुई गिलास पानी एकै घुट्कामा सिद्घाउन सक्थेँ । पानी ल्याइदिने कोही थिएन । त्यसकारण सुक्खा घाटीलाई भिजाउँदाभिजाउदैँ राति २ बजेतिर पानी पनि सकियो ।
समस्याले बिस्तारै घेर्दैथियो । सहारा दिने कोही थिएन । कान्छेका आवाज कहीँकतै पनि सुनिएन । मात्र सुनियो अनकन्टार जंगलमा मङ्सिरको चिसो बतासको हुईहुई । बेलाबेलामा जंगली जनावर र सल्लेरीमा बागोलाका आवाज । कमरेडहरु त्यो अनकन्टार जंगलमा एक्लै छोडेर हिडेछन् । पानी पनि सकियो । क्रान्ति गर्ने चाह बिस्तारै क्षिण हँुदैगयो । बलिदान गर्ने समय धेरै छैन भन्ने सोचें ।
कारण–मेरो वरिपरीको वातावरणले जनाइरहेथ्यो । ‘आजै बलिदान हुने भया’े भनेर पटकपटक सोचेँ । अथाह कल्पनाको सागरमा डुबुल्की मार्दै उत्ताने परेँ । अनकन्टर जंगलबीच आकाशतिर फर्केर टुलुटुल हेरिरहेँ । आकाशमा तारा टिलपिल गर्दै चम्किरहेका थिए । लाग्थ्यो, तिनीहरुले अँध्यारो रातलाई चुनौती दिइरहेछन् ।
अनि ? अनि त के भयो भने, रातविध उभिएका ती ताराले मलाई मृत्युसँग लड्न प्रोत्साहन पो गरिरहे ।
मङ्सिर १२, बिहान । साथीहरु आउने प्रतीक्षामा । कमाण्डर कमरेड चिरागले राति या बिहान ८ बजेसम्म जसरी भएनि आउछौँ भनेको मैले भुलेको थिइनँ । कमरेडहरु आउँछन् भन्ने आसैआसमा पिके पहाडको फेदीमा मङ्सिरे चिसोँ रातमा दाँत कट्कट् पार्दै थामे । झाक्री कामे झै काँपे । कसरी रात काटे हँ ? कमरेडहरुको प्रतिक्षामा रातलाई बिदा गरे ।
सम्पुर्ण मेरा आश बिहान निराशामा परिणत भयो । केवल बिहान आठ बजे भन्ने समयलाई कुरे । प्रतिक्षाको समय छोटो भए पनि लामो मानिन्छ भन्छन् । मेरो हालत पनि त्यस्तै भयो । छट्पटाए । घडीले सेकेण्ड, मिनेट र घण्टा हान्दै गयो । समय जति नजिकियो त्यति नै म आशावादी भए भने अर्कोतिर आतंकित पनि । सास रहुन्जेल बाँचिन्छ कि भन्ने झिनो आश मनमा रहँदोरहेछ ।
आङैमा घाम झरे । तिर्खाले हैरान भए । गर्मीले आलसतालस पा¥यो । कसले ल्याईदिने पानी ? कसले लाने शितलमा ? चर्को घाममा निष्प्राण पल्टिरहे । बिहान पौने आठ बज्यो । कमरेडहरु आठ बजेसम्म आएनन् भनेजस्तो मुल्य चुकाएर पनि दश बजेसम्म बस्नु पर्छ भन्ने निर्णय गरे ।
यो दुई घण्टाबीच लिन आउँछन् भन्ने विश्वासको आधारमा मैले मनलाई सम्झाए ।
यो दुई घण्टाबीच लिन आउँछन् भन्ने विश्वासको आधारमा मैले मनलाई सम्झाए ।
आफैलाई आशमा अल्झाउनु बाहेक विकल्प मसँग थिएन ।
Comments
Post a Comment