निखिलको 'निर्भय'मा तेलुगु फिल्मबाट जस्ताको तस्तै यसरी कपी भयो कोरियोग्राफी (भिडियो)

धेरै पहिलेदेखि लाग्दै नेपाली फिल्म अनि फिल्ममा समावेश हुने गीत संगीतमा लाग्दै आएको कपी तथा चोरीको आरोप अहिलेसम्म पनि विधितै छ । कतै डिट्टू कथा चोरेको त कहिले संगीत अनि कहिले कोरियोग्राफी चोरीको आरोप नेपाली फिल्मा लागिरहन्छ । पछिल्लो पटक केहि दिन पहिले मात्र रिलिज फिल्म 'निर्भय' गीतको कोरियोग्राफी पनि करिब करिब जस्ताको तस्तै कपी गरिएको भेटिएको छ ।
तेलुगु फिल्म 'पाण्डागा छेस्को'बाट निर्भयको तीन दिन पहिले मात्रै सार्वजनिक गीत 'खुल्लाम खुल्ला प्यार'को कोरियोग्राफी कपी गरिएको भेटिएको हो । निर्भयको उक्त गीतको कोरियोग्राफी फिल्म निर्देशक समेत रहेका रामजी लामिछानेले गरेका थिए । यो विषयमा रामजीसँग कुरा गर्दा उनले भने, 'केहि नयाँ प्रयोग गर्न खोज्दा कहिँकतै मिल्न जानु स्वभाविक हो, चोरेको भन्ने कुरामा भने मेरो सहमती छैन् ।'
निर्भय गीतमा निखिल उप्रेती र नीता ढुङ्गानाले प्रयोग गरिएको प्रायः स्टेप तेलुगु फिल्मको गीतमा फिचरिङ अभिनेता अभिनेत्रीमा उस्तै भेटिन्छ । चर्चा र स्क्याण्डलको लागी मात्र यो गरेको भए हाम्रो भन्नु केहि छैन्, तर जस्ताको तस्तै अर्काको सृजनाको हाउभाउ सार्नुले दर्शक अनि नेपाली फिल्मका सुभचिन्तकहरुमा राम्रो सन्देश भने जाने छैन् । यसको असर स्टारडम बनाइसकेका 'निर्भय' अभिनेता निखिलमा समेत पर्ने देखिन्छ ।
फिल्ममा निर्देशक मधुसुदन भट्टराइ हुन् । निखिल र नीता लिड अभिनयमा रहेको फिल्मको सार्वजनिक गीत भने हिटको पाइपलाइनमा छ । रिलिजको केहि दिनमा नै गीतलाइ युट्युवमा करिब १ लाख पनि हेरिसकिएको छ । गीतका संगीतकार अर्जुन पोखरेल हुन् ।
हेर्नुहोस दुबै गीत अनि भेट्नुहुनेछ उस्तै स्टेपः
निर्भय गीतः
'पाण्डागा छेस्को'को गीतः

Comments
Post a Comment