कतारमा कोही अलपत्र त हुनुहुन्न ?
कतारमा कोही अलपत्र त हुनुहुन्न ? कतारमा शुरु भयो तीनदिने उद्दार अभियान, यी नम्बरमा फोन गरे उद्दारटोली आउँछ
काठमाडौं, २४ पुस । कतारमा रोजगारी गर्ने आप्रवासी कामदारका समस्या समाधानका लागि तीनदिने उद्दार अभियान सुरु भएको छ ।आइतबारदेखि सुरु भएको अभियान मंगलबारसम्म चल्ने छ । रास्ट्रिय मानव अधिकार समिती कतार र कतारको रेड कृष्यन्टले अभियान थालेका हुन् ।
बिशेष अभियान अन्तरगत कतारका विभिन्न क्षेत्रमा रहेका कम्पनीमा अलपत्र परेका, खाद्यान्न अभावको कारण समस्या भोगिरहेका कामदारलाई सहयोग गरिने छ । उनीहरुलाई खाद्यान्न तथा लत्ता कपडा वितरण गरिने कतारको मानव अधिकार समितिका नेपाली प्रतिनिधी प्रोफेसर डा। रमजान अलि मियाले जानकारी दिनुभयो ।
समस्यामा परेका नेपाली सहितका आप्रवासी कामदारले फोनबाट जानकारी गराउन सक्नेछन् र त्यसैको आधारमा उद्दार टोली पुग्ने छ । उहाँले समस्यामा परेका नेपालीलाई तत्काल फोनबाट जानकारी गराउन आग्रह गर्नुभएको छ । सहयोग चाहिएमा यी नम्बरमा फोन गरेर जानकारी गराउनुहोस् । नेपाली सहयोग केन्द्र एनएचआरसी कतार–३३८८५३१२ र ३३२२७७७४ अब्दुल हफिज ५५०७३३६२
Comments
Post a Comment