बुवाआमाले हेरेनन्, भाग्यमा भीख माग्न लेखेको रहेछ, यसरी नै बाँच्छु’
बुवाआमाले हेरेनन्, भाग्यमा भीख माग्न लेखेको रहेछ, यसरी नै बाँच्छु’
यही कारणले उसलाई आमाबुबाले पनि राम्रोसँग हेरेनन्। अपांगता जीवनलाई मामा-माइजुले बाल्यकालदेखि नै साहारा दिएको उनी बताउँछन्। उनी भन्छन्, ‘मामामाइजुको सहयोग र मायाले मेरो जीवन चलेको छ। मेरो खुट्टो भनेकै मामा हुन्। मैले खान र कपडा लगाउन त सक्छु। तर, हिँड्न मिल्दैन, राम्रोसँग बस्न मिल्दैन, जीवन निकै गाह्रो छ।’
दीर्घेका मामा मोहन परियार हुन्, उनको घर पनि बाग्लुङ जैदी नै हो । दीर्खेको दयनीय अवस्था देखेपछि धेरैले भने, ‘धेरै मान्छे हिँड्ने ठाउँमा गएर बस, दयालु मान्छेले सहयोग गर्छन्।’
त्यसपछि दीर्घे मामासँग पोखरा पोखरा आए। उनी पोखरा आएपछि फेवाताल वरिपरि बसेर मागेर दिन बिताउन थाले। उनको यो माग्ने तरिका एउटा पेशाको रुप लियो। अहिले त्यही फेवातलामा मागेर जीवन बिताउँदै आएको पाँच वर्ष पूरा भइसकेको छ। उनी भन्छन्, ‘म तालबाराही माताको आशीर्वादले बाँचेको छु। यहाँ बस्दा कसैले पनि मलाई जिस्काउँदैनन्, कुनै नराम्रो गर्दैनन्।’
दीर्घे मामासँग नागढुंगामा डेरा गरी बस्दै आएका छन्। उनलाई मामाले दैनिक रुपमा बिहान ह्विल चेयरमा फेवातालछेउ पुर्याइदिने र साँझपख लिन आउने गरेका छन्। त्यतिमात्रै नभइ दिसापिसाब समेत उनलाई मामाले नै गराउदै आएका छन्। उनी भन्छन्, ‘मामाबिना मेरो केही लाग्दैन। मामा नै मेरो खुट्टा हो। ‘
यो देशमा कैयौँ नागरिकताविहीन छन्, वृद्धाभत्ता, एकल महिलाभत्ता पाएका छैनन्। तर, कम्तीमा उनीसँग नागरिकता छ र अपांगता भएको परिचयपत्र पनि छ। यो महँगीमा सरकारले उनलाई महिनाको हजार रुपैयाँ अपांगभत्ता दिन्छ। उनको उपचार हुन पाएन। आफ्नो उपचार हुन सक्छ या सक्दैन भन्ने उनलाई थाहा छैन।
उनलाई बाबुआमाको सम्झना भइरहन्छ र बाबुआमासँग बस्न मन छ। तर, मामाकहाँ बसेदेखि बाबुआमा उनलाई भेट्न कहिल्यै आएनन्।
भन्छन्, ‘मलाई थाहा छैन, खै किन हो ? आमा पनि मामाकहाँ आउनुहुन्न। मलाई बाउआमाले किन हेरेनन्? त्यो पनि थाहा छैन, उनीहरुको याद आउँछ। पाउन सके, तर पाल्न सकेनन्।’
कुनै व्यक्ति, राज्य वा संघ-संस्थाले जीवनयापन गर्न सहयोग गरे राम्रो जीवनयापन गर्ने उनको चाहना छ। भन्छन्, ‘केही सुविधाको जीवन बाँच्ने मनमा आश छ।’
Comments
Post a Comment